मूल्य स्थिर सुनचाँदीको
आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थियो । यस्तै, तेजाबी सुनको कारोबार मूल्य समेत ९७ हजार ५०० रुपैयाँ थियो ।