जग्गा प्राप्तिमै समस्या दुई अर्बको आधुनिक कृषि बजारलाई
बुटवलको सेमलारमा नेदरल्याण्डस् सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतको आधुनिक प्रविधियुक्त थोक कृषि बजार बन्ने प्रक्रिया सुरु भएको चार वर्ष बित्न लागेपनि जग्गा प्राप्तिमा समस्या भएको छ ।
बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार केन्द्र साँघुरो भएकाले बुटवलको वडा नंं. १५ र १६ मा पर्ने सेमलारमा संघीय सरकारको कृषि मन्त्रालयले एकीकृत थोक कृषि बजार बनाउने प्रक्रिया अघि बढाएको हो ।