एमालेकै मतले अघि बढेका धनराज पोखरामा
पोखरा महानगरपालिकाको ३३ मध्ये २६ वटा वडाको मतगणना सकिएको छ र अब ७ वटा मात्र गन्न बाँकी छ ।मत गणना अन्तिम चरणमा पुग्दा नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले एमाले उम्मेदवार कृष्ण थापाले भन्दा चार हजार बढी मत पाएका छन् ।
उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले चार हजार मतको अग्रता लिएकी छन् र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट पछि परेकी छन् ।
सत्तारुढ गठबन्धन भर्सेज नेकपा एमाले बनेको यहाँको निर्वाचनको मत परिणाम आइरहँदा मतगणना स्थलमा रहेका दलका प्रतिनिधि दंग परेका छन् । मतदाताले उम्मेदवार छनोट गर्दा अपनाएको तरिका दलका प्रतिनिधिलाई झस्काउने खालको छ ।
अहिलेसम्म एमालेकी उम्मेदवार मञ्जुदेवीले भन्दा मेयरका उम्मेदवार थापाले ६ हजार ३ सय २७ मत कम ल्याएका छन् । त्यो धनराजले एमालेबाट तानेको विश्लेषण एमाले नेताहरुको भनाइ छ ।