नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा गर्ने बालेनको घोषणा मेयर बने
काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) कलाकार पनि हुन् । चुनावअघि उनी फिल्म प्रचारमा पनि सहभागी रहे ।
सोमबार उनै बालेन राष्ट्रिय सभागृहको मतगणना स्थलबाट समय निकालेर फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगे । जहाँ उनले फिल्मलाई शुभकामना समेत दिए ।नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै बालेनले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्राफ्ट निर्माण गर्नुपर्ने बताए । फिल्मका दुई मुख्य कलाकार स्वस्तिमा खड्का र अर्पण थापाको उनले प्रशंसा गरे ।