अघि बढ्ने प्रेरणा मिलेको छ सामाजिक सद्भावले सामूहिक विकास र समृद्धिमा : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्
अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा गौतमबुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उक्त कामना गरेको हो ।
अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान पाँच दलीय गठबन्धन सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको बताएका छन् । त्यसैगरी, अध्यक्ष प्रचण्डले आजकै दिन परेको किरात समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।