काठमाडौंको मेयरमा राप्रपाका मदनदास श्रेष्ठको उम्मेदवारी
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बिहान र्यालीसहित श्रेष्ठले राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा मनोनयन दर्ता गरेका हुन् । श्रेष्ठ कलाकारसमेत हुन् ।
यसअघि सोमबार बिहान एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराइसकेका छन् । आइतबार बालेन शाहलगायतका स्वतन्त्र उम्मेदवारले काठमाडौंको मेयरमा उम्मेदवारी दिएका थिए ।