एमाले केन्द्रीय सदस्य उषा किरण भन्छिन्- मलाई पार्टीले गाँउपालिका अध्यक्ष नदिएर झन राम्रो गर्यो!
गाँउपालिका अध्यक्षमा दावी गरेकी एमाले केन्द्रीय सदस्य उषा किरण तिम्सिनालाई पार्टीले उम्मेदवार नबनाउने भएको छ।
नुवाकोटको तारकेश्वर गाँउपालिकाको अध्यक्षमा तिम्सिनाले दावी गरेकी थिइन्।
'मैले गाँउपालिका अध्यक्ष दाबी गर्नु सामान्य राजनीतिक प्रक्रिया थियो। र पार्टीले मलाई टिकट दिएको भए राम्रो हुने थियो, नदिएर झन राम्रो गर्यो, किनभने मैले आफूलाई अझै सच्याउने समय र अवसर प्राप्त गर्ने छु,' उनले अगाडि भनेकी छन्, ‘यस विषयमा चासो राख्नु हुने सबैमा आभार। एउटा आन्दोलनकारीको लागि पद-प्रतिष्ठा मुख्य कुरा होईन।'
आवधिक चुनाव प्रजातन्त्रिक प्रणालीमा महत्वपूर्ण हुने भन्दै उनले स्थानीय तहको चुनावलाई उत्सवका रूपमा लिन आग्रह गरेकी छन्।
उनले आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन अपिल गर्दै उम्मेदवार बन्ने सबैलाई शुभाकामना समेत दिएकी छन्।