६ वटै महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार फाइनल
काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकामा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काँग्रेसले सोमबार मेयर पदको उम्मेदवार टुंगो लगाएको हो । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका उनीहरुले आजै मनोनयन दर्ता गराउनेछन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा श्रृजना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उठाउने निर्णय गरेको हो । यससँगै गठबन्धनको तर्फबाट मेयरमा लड्ने सबै दलले उम्मेदवार टुङ्ग्याएका छन् ।