कालिमाटीबाट गए राति कामदेवको मूर्ति चोरी
काठमाडौंको कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुर्वनारायण मानन्धरका अनुसार गए राति मूर्ति चोरी भएको हो।
मूर्ति चोरिएकोबारे प्रहरीलाई जानकारी गराइएको छ। वडाध्यक्ष मानन्धारले ढुंगाको उक्त मूर्ति करिब दुई वर्ष पुरानो हो।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार मूर्ति चोरी भएको खबरपछि खोजी गर्ने काम सुरू गरिएको छ।
‘मन्दिर जीर्ण भएपछि मूर्ति बाहिर राखिएको रहेछ। हराएको भन्ने खबर आएपछि टोली खटिएको छ,’ उनले भने।