नेविसंघले आज स्थापन दिवस मनाउँदै, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ । विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो । मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।
कार्यक्रममा उपस्थित हुन नसक्नेको घरमै गएर सम्मान हस्तान्त्ररण गरिने शेर्पाले बताए । उनका अनुसार स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजिनक गर्दै छ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाइएको शेर्पाको भनाइ छ ।
उनका अनुसार उक्त टीमले पीडित विद्यार्थीको सूचना गोप्य राखेर कानुनी लडाइमा तत्काल सहजीकरण गर्ने छ । नेविसंघले अब ३० प्रतिशत राजनीति र सुशासन र बाँकी विद्यार्थीको मुद्दामा केन्द्रित हुने लक्ष्य रहेको शर्पाले बताए ।