एमालेका कारण नागरिकता विधेयक पारित गर्न सकेनौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् ।
बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् । संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।
‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने ।
उनले अब भने संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गर्ने बताए ।