६० प्रतिशत पालिकामा गठबन्धन गर्न सफल भयौं : माओवादी केन्द्र
माओवादी केन्द्रले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गर्दै मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको बताए ।
सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचन सम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने बताए ।
सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने पनि उनको भनाइ थियो । केही ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धन गरेको भन्ने अनौपचारिक खबर आएको भन्दै महराले गठबन्धनभित्र भएको निर्णय कांग्रेसलाई पनि लागु हुने बताए । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका थिए ।
भरतपुरमा कांग्रेसका पूर्वसांसदले मेयरमा उम्मेदवारी दिने घोषणा गरेको भन्ने जानकारी आएको जानकारी गराउँदै महराले भने, 'भरतपुरमा उम्मेदवारी दिने कांग्रेसका पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ ।'