माओवादीप्रति फेरि आकर्षण बढ्यो, तर अहंकार छैन: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति फेरि आकर्षण देखिएको बताएका छन्।
आफू देशका विभिन्न ठाउँमा जाँदा फेरि माओवादीमै जनताको आकर्षण देखिएको प्रचण्डले बताए।
आज काठमाडौंमा रिपोर्टस् क्लवको कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।
‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ। शान्ति सम्झौतादेखि एमसिसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो,’ उनले भने, ‘माओवादीले संकट मोचनको भूमिका खेल्नुपर्ने तर सबैले स्वीकार गर्न नसक्ने पनि देखिएको छ।’