कांग्रेसले गरेका कामबारे मतदातालाई बुझाउनुस्: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई भन्नुपर्ने बताएका छन्।
घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा बोल्दै उनले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
चुनाव सर्छ कि भन्ने भ्रम नपाल्न उनले आग्रह गरेका थिए। साथै उनले मुलुकमा संकट परेका बेला नेतृत्व गर्ने पार्टी कांग्रेसमात्रै भएको बताएका थिए।