प्राधिकरणलाई संकट
मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ ।
नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ ।
यसले गर्दा प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ ।