रुसलाई पहिलो झड्का : जर्मनीले नर्ड स्ट्रिम ग्याँस पाइपलाइन रोक्यो
जर्मन चान्सलर ओलाफ सोल्सले रुसी ग्याँस बोक्ने नर्ड स्ट्रिम-२ नामक पाइपलाइनलाई प्रमाणीकरण प्रक्रिया रोक्न निर्देशन दिएका छन् ।
रुसले पूर्वीयुरोपका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै शान्ति सेनाको नाममा फौज पठाएपछि जर्मन चान्सलरले यो कदम चालेका हुन् ।
मंगलबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर सोल्सले नियामक निकायलाई नर्ड स्ट्रिम-२ ग्याँस पाइपलाइनको प्रमाणीकरण प्रक्रिया रोक्न निर्देशन दिइएको बताएका छन् । उनले भनेका छन्, ‘यो प्राविधिक कुरा जस्तो लाग्छ, तर पाइपलाइनको प्रमाणीकरण नहोस् भनेर चालिने प्रशासनिक कदम हो । प्रमाणीकरण बिना नर्ड स्ट्रिम-२ सञ्चालन हुन सक्दैन ।’
रुसी कदमले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको भन्दै उनले थप प्रतिबन्ध लगाइने पनि चेतावनी दिएको सीएनएनले जनाएको छ ।