ममाथि शारीरिक हमला भए पनि अनौठो नमाने हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको नेतृत्वमा आफू रहँदा विकास निर्माणका कामले गति लिइरहेकाे हुँदा आफूमाथि हमला भएको बताएका छन् ।
सोमबार नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार प्रभावकारी रुपमा अगाडि बढेकाे देखेर आफूमाथि सम्पूर्ण रुपमा प्रहार भएकाे बताएका हुन् ।
'शारिरिक हमला भएर ममाथि तल–माथि भए पनि अनौठो नमाने हुन्छ । तर त्यस्तो हुने छैन । सर्तकता अपनाएका छौं । प्रतिक्रियावादीसँग हामी घुँडा टेक्दैनाैं । देशको भविष्यमा अन्धकारमा जान दिँदैनाैं ।' उनले भने ।