संसदबाट सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्छ : शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संसदबाट सबैभन्दा पहिला प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, 'संसद बैठकबाट सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्छ, त्यसका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनुपर्छ ।'
प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस वा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने उनले जानकारी गराए । महामन्त्री कोइरालाले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नेकपाको प्रचण्ड–नेपाल खेमासँग मिलेर सरकारमा जानुपर्ने पनि बताएका छन् । डा. कोइरालाले नेकपालाई टुटाउनैका लागि पनि कांग्रेस सरकारमा जानुपर्ने तर्क गरे । तर, सरकारमा जानुअघि नै फुट्छ भने सरकारमा गएर कुनै उपलब्धि नहुने उनको धारणा छ ।