माओबादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन
नेकपा माओबादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन हुनुभएको छ । मंगलबार (आज) बसेको संसदीय दलको बैठको नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो ।
त्यस्तै, बैठकले प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्र ब्यूँताएपछि माओबादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो । तर, अझै पनि संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन ।
यस अगाडि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्थ्यो, भने प्रमुख सचेतकमा देव गुरुङ हुनुहुन्थ्यो ।