माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै
नेकपा एमालेको माधव नेपाल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दैछ। सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष प्रचण्डसँग छुट्टिएको थियो।
एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित प्रचण्डसँग छुटेको माधव नेपाल पक्षले आज अपरान्ह ४ बजे नयाँ वानेश्वरस्थित होटल अर्यालमा आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बोलाएको छ। एक केन्द्रीय सदस्यका अनुसार आजको बैठकमा केपी ओलीसँग पुन फर्किएपछि अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको हो।
एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेटेका छैनन्।
यसैबीच संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डबाट फर्केर आएका नेताहरूको सम्मानजनक व्यवस्थापन हुने बताएका थिए।