प्रधानमन्त्री ओलीले एमाले संसदीय दलको बैठक बाेलाए
नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् । ओलीले शुक्रबार दिँउसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
ओली निकट नेताका अनुसार बैठकमा तीन एजेण्डामाथि छलफल हुने बताइएको छ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भ लगायतका विषयहरुमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बस्ने भएको छ । यसअघि संसदीय दलको बैठक गत चैत्र ७ गते विहान बालुवाटारमै बसेको थियो । उता, वरिष्ठ नेता माधव कुमार नेपाल समूहले भने आफूनिकट केन्द्रीय कमिटी सदस्यहरुको छुट्टै बैठक बोलाएको छ ।
यसअघि एमालेको संसदीय दलको बैठक चैत ७ गते बालुवाटारमै बसेको थियो। उक्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी भएका थिएनन्।