एमाले ब्युँतिएपछि पहिलो पटक केपी ओली र माधव नेपालबीच भेट हुँदै
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुँदैछ ।
एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक छलफलमा बस्न लागेका हुन् । स्रोतका अनुसार अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।
त्यस्तै नेपाल पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।