पार्टीको विधान मिच्ने कसैलाई छुट दिन्नँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकै केहीले आफूसँग निहुँ खोजिरहेको बताउनुभएको छ ।
मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीका केही नेताहरुले गुट बनाउँदै हिडेकाे रआफुसँग निहुँ खोजेर पार्टीमा भाँडभैलो गर्न खोजेको आराेप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘केही नेताहरु निहुँ खोजिरहेका छन् । राष्ट्रिय भेला गर्दैछन् रे । समानान्तर कमिटी बनउदैछन् रे । तर अब पार्टीको विधान मिच्ने, अराजक गतिविधि गर्ने र एकताविरुद्ध गतिविधि गर्नेलाई छुट हुन्न ।’ उहाँले राष्ट्रिय भेला गरेर प्रतिवेदन पास गर्ने एमालेकै नेपाल-खनाल समुहको घोषणाप्रति आपत्ति समेत जनाउनुभयो । त्यस्तै एमाले नेता तथा कार्यकर्ताहरुलाई कुनै गुट वा भेलामा सरिक नहुन पनि आग्रह गर्नुभएको छ ।
त्यस्तैगरी प्रधानमन्त्री ओलीले आफूले जनताको पक्षमा काम गर्न खोज्दा अवरोध गरेको दाबी गर्नुभयो । उहाँले संसदलाई जनताको हितमा काम गर्ने थलो बनाउन खोज्दा अवराेध गरेर काम गर्न नदिएको गुनासो गर्नुभयो । तथापि अझै जनताको पक्षमा काम गर्न प्रयासरत रहेको उहाँकाे जिकिर छ ।