संसद् बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रधानमन्त्री ओली करिब १ बजेतिर संसद भवनबाट बाहिरिएका हुन्। बैठक सुरु नहुँदै बाहिरिएपछि पत्रकारले सोधेको जिज्ञासामा प्रधानमन्त्री ओलीले बोल्न चाहेनन। उनले हात हल्लाउँदै 'यति भए भैगो नि' भन्दै बाहिरिए।
यसअघि पनि फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठक सुरु नहुँदै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।
आजको प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने कार्यसूची छ।