प्रचण्ड-नेपाल समुहले बोलायो संसदीय दलकाे बैठक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहले संसदीय दलको बैठक बोलाएको छ । स्रोतका अनुसार आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्नु अघि सिंहदरबारमा संसदीय दलको बैठक बस्नेछ । आजै दिउँसो ४ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा संसद बैठक बस्दैछ ।
प्रचण्ड-नेपाल समुहको संसदीय दलको बैठक यसअघि शुक्रबार बसेको थियो । जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो ।
संसद बैठका प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अविश्वास प्रस्ताव गर्ने भन्दै आएको प्रचण्ड नेपाल समुहले अविश्वास प्रस्ताव पेश गर्ने या नगर्ने भन्ने निर्णय लिन सकेको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवश्वास प्रस्तावमा सहयोग गर्ने या नगर्न भन्ने भनेर स्पष्ट निर्णय दिन नसक्दा प्रचण्ड-नेपाल समुह अनयोलमा छ । उता काँग्रेले भने (नेकपा) नपुटेको अवस्थामा प्रधानमन्त्रीबिरुद्ध अविस्वास प्रस्तावमा सहयोग गर्न आनाकानी गरिरहेको छ ।