संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै रिट लिएर सभामुख सर्वोच्चमा
संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन्।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानले रिट लिएर सभामुख सर्वोच्च अदालतमा पुगेको जानकारी दिए। रिट दर्ता भने भैसकेको छैन। 'सभामुखसँगै हामी अदालतमै छौं' , न्याौपानेले भने।
सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए। उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए।
संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।