वामदेवले खुमलटार पुगेर प्रचण्डलाई भेटे
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।
उपाध्यक्ष गौतमले आज बिहान प्रचण्डलाई भेटेर एकताका पक्षमा उभिन प्रस्ताव गरेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले बताए। नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल पक्षमा विभाजित भएको छ। गौतम भने एकताका पक्षमा उभिएका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेवले प्रचण्डलाई भेटेका हुन्।
प्रचण्ड र गौतमबीच करिब आधा घण्टा खुमलटारमा छलफल भएको थियो। नेकपालाई मिलाएर अघि लैजानु पर्ने गौतमको प्रस्तावमा प्रचण्डले भने केही प्रतिक्रिया दिएका थिएनन्।