न्यायालयको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन्।
'न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?,' उनले भने, 'न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?' शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।