माधव नेपालले : ओली समूहका सांसदको मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नू
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष माधवकुमार नेपालले ओली नेतृत्वको नेकपामा रहेका सांसदहरूलाई राम्रो व्यवहार गर्न भनेका छन्।
बुधबार सिंहदरबारमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरूको बैठकमा बोल्दै अध्यक्ष नेपालले ओली पक्षीय सांसदहरूको मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्न समेत सांसदहरूलाई निर्देशन दिएका छन्।
'माननीयसँग राम्रो व्यवहार गर्नुहोला। मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहाला,'नेपालले भने,'उतातिर रहेका माननीयहरूको मन यतातिर छ। शरीरमात्रै उतातिर हो।'
११ गते नै फैसला आउँछ भन्ने आफूलाई नलागेको भन्दै उनले त्यही भएर आफूहरू चितवन गएको समेत बताए। न्यायालयले लोकतन्त्र जोगाउन जिम्मेवारीपूर्ण फैसला लिएको समेत उनको भनाइ छ।