चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम
(काठमाडौं) पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावले झन् ठूलो दुर्घटना ल्याउने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णयले संविधानको लोकमार्गमा पहिरो गएको र त्यसलाई मर्मत नगरी चुनावरुपी गाडी चलाए दुर्घटना हुने उनको भनाइ छ ।
भट्टराईले अहिले निर्वाचनमा अगाडि बढे २०१४ सालमा बीपीले पाएको धोकाको अवस्थामा पुग्ने बताए । उनले अहिले चुनावमा गएर तुलसी गिरी र केशरजंग नबन्न सुझाव दिएका छन् ।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ’, बाबुरामले ट्वीटमा लेखेका छन्, ‘२०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका नबिर्सौं ! २०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं !’