सचिवालय बैठक सम्पन्न : स्थायी कमिटीबाट नेकपा संकटको समाधान गरिने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।
शनिबार (आज) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको प्रस्तावमाथि छलफल भएको छ ।
ओलीले यही मंसिर १३ गते र दाहालले गत कात्तिक २८ गते प्रस्ताव पेश गर्नुभएको थियो । छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्ने गरी आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अब स्थायी कमिटी बैठकमै पार्टीको संकट, त्यसको निवारण तथा निकासको सम्बन्धमा छलफल हुने बताइएको छ । जानकारी अनुसार नेकपाको स्थायी कमिटी बैठक आइतबार (भोलि) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।