सर्वदलीय बैठक तीन घण्टा चलेर सकियो
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक तीन घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सकिएको जानकारी दिए।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेता उपस्थित थिए।