पार्टी कमजोर अवस्थामा छ: प्रकाशमान सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी कमजोर अवस्थामा रहेको बताएका छन् । १३ औं महाधिवेशनदेखि नै पार्टी कमजोर हुन थालेको उनको भनाइ छ।
सत्तारूढ नेकपाले जनअपेक्षाअनुसार काम नगरेको उल्लेख गर्दै जनताले प्रमुख प्रतिपक्षी दलले पनि भूमिका निर्वाह गर्न नसकेको बताएको उल्लेख गरे। काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा सिंहले भने, ‘पार्टी कमजोर अवस्थामा पुगेको १३ औं महाधिवेशनदेखि नै हो। सबैले सत्ताधारीले त काम गरेन खोइ प्रतिपक्ष दलले पनि भूमिका देखिएन भनेका छन्।’
नेकपाले राजनीतिक स्थिरता, समृद्धि र विकासका नारा दिए पनि कुनै पनि काम गर्न नसकेको उनले आरोप लगाए ।
संघीयता कार्यान्वयनका लागि संघीय सरकारले समयमै कानुन निर्माण नगरेको उनको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको मर्मविपरीत प्रदेश र स्थानीय तह केन्द्रको प्रशासनिक निकाय मात्रै हुन् भन्नेजस्ता अभिव्यक्ति दिने गरेको उनको भनाइ छ।
उनले एकपछि अर्को भ्रष्टाचारका काण्डको छानविन नभएको र कोरोना महामारीमा पनि अनियमितता भइरहेको बताए।