प्रदीपकुमार ज्ञावलीलाई नेकपा प्रवक्ता बनाउने ओली पक्षको निर्णय
मंगलबार बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय समितीको बैठकले नेकपाको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञावलीलाई बनाउने निर्णय गरेको छ ।
पूर्वमाओवादी र पूर्वएमाले पार्टी एकताका बेला प्रवक्ताको जिम्मेवारी दिइएका नरायणकाजी श्रेष्ठलाई दिइएको थियो । प्रधानमन्त्री ओलीकाे सिफारिसमा संसद विघटन भएपछि नेकपा विभाजनको संघारमा छ । त्यसपछि मंगलबार प्रधानमन्त्री ओली पक्षले बालुवाटारमा केन्द्रीय समितीकाे बैठक बाेलाएकाे थियाे । बैठकमा नाराणकाजी श्रेष्ठलाइ हटाएर ज्ञावलीलाइ प्रवक्ता बनाउने निर्णय भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयाे ।
अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहनु भएका अर्का अध्यक्ष ओली आ-आफ्नो पक्षको बैठक राख्दै आउनु भएको छ ।
मंगलबार दुवै पक्षले फरक फरक समयमा केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको थियाे । जसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे बैठक सम्पन्न भएकाे छ । प्रचणड पक्षाकाे बैठक दिउसाे १ बजे बाेलाइएकाे छ ।