ओली समूहको भेला : १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय
प्रधानमन्त्री केपी शर्मा ओली समूहकाे भेलाले नेकपामा १ हजार १९९ जना सदस्य सम्मिलित केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष ओलीले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बाेलाएर महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएकाे हाे ।
यद्यपि केन्द्रीय कमिटीका मुख्य नेताहरूकाे अनुपस्थितिमै उक्त निर्णय भएकाे हाे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष वामदेव गाैतम, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल लगायत मुख्य नेताहरू यस भेलामा सहभागी छैनन् ।