बालुवाटार बैठकको वैधता छैन : माधबकुमार नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ठ नेता माधबकुमार नेपालले बालुवाटार बैठकको वैधता नरहने बताउनु भएको छ ।
बबरमहस्थित कार्की बाङ्क्वेटमा मंगलबार (आज) आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै बरिष्ठ नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताउनुभयो ।
बालुवाटारमा सानो गुटको भेला भएको उल्लेख गर्दै आफूहरुको भेला नै आधिकारिक रहेको बताउनुभएको हो । मंगलबार विहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको थियो ।
अहिलेसम्म सचिवालय र स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली उपस्थित नभएपनि आगामी बैठकमा भने उपस्थित हुने नेता नेपालको भनाइ छ । त्यस्तै उहाँले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले न्यूनतम मर्यादा पनि नराखेको बताउँदै वरिष्ठ नेताहरुलाई पटक-पटक अपमान गरेको बताउनुभयो ।