प्रधानमन्त्री ओली सर्वदलीय बैठक बोलाउने तयारीमा
आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात सर्बदलीय बैठक बोलाउन लागेका छन् ।
प्रधानमन्त्री ओलीले अहिलेको बदलिँदो परिस्थितिका बारेमा छलफल गर्नका सर्वदलीय बैठक बोलाउन लागेको स्रोतले जनाएको छ । सम्भवत भोली मंगलबार सर्बदलीय बैठक बोलाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।
बैठक बोलाउने बारे प्रधानमन्त्री अन्तिम तयारीमा रहेको स्रोतको भनाई छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन ।
तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाई छ ।