ओलीको ऐतिहासीक कदम, देश अन्यौलमा भएको अवस्थालाई लिएर भुगोलपार्क मत सर्वेक्षण गर्दै
प्रधाममन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरी ताजा जनादेशका लागी आगामी बैशाखमा चुनावमा जाने घोषणा गरेका छन् । पाँच बर्षको लागी सरकार चलाउने जनादेश प्राप्त दलबाट प्रधानमन्त्री बनेका ओलीको यो कदमको चौतर्फी आलोचना भएको छ ।कतिपयले भने ओलीको यो सुझबुझपूर्ण कदम भएको दावी गरेका छन् । अब यो विषयमा सर्वोच्च अदालतले कस्तो निर्णय गर्छ हेर्न बाँकी छ ।
यसैबिच नेकपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ । साथै अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।
सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्चमा कानून व्यवसायीहरुले रिट दायर गरेका छन् ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका हुन् । सोमबार दिउँसोसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ वटा रिट परिसकेको छ ।
सर्वोच्च प्रशासनले अहिले प्राप्त रिटहरुमाथि अध्ययन गरिरहेको प्रतिक्रिया दिएको छ । कानून व्यवसायीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च पुगेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरूले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्धमा उनीहरुले यस्तो तयारी गरेका हुन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने तयारी गरेका हुन् ।
देशको राजनीतिक भविष्य कता लाग्ने हो सबैलाई चिन्ता छ । यहि सम्बन्धी नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म २३ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ । मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा छ प्रशनहरु छन् ।
यी प्रश्नहरुले प्रधानमन्त्रीले यस्तो कदम चाल्नुको उद्येश्य, संसद विघटनको यो मुद्धामा सर्वोच्च अदालतले अब के निर्णय गर्ला समेटेका छन् ।
मतदान गर्नको लागी :