मूलूकको असफलता को समाधान राजतन्त्र हो भन्ने रायको भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
मुलुकमा संविधानत: राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको १२ बर्ष भईसकेको छ । तर राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। मुलुकमा संघीयता असफल भएको र राजतन्त्रको आवश्यकता देखिएको प्रदर्शनकारीहरुको दावी छ ।
काठमाडौंमा मङ्सिर १५ गते सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको थियो । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।
त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।
यसैगरी यहि महिनाको १८ गते सुर्खेतमा राजतन्त्रको पक्षमा प्रदर्शन गरीएको थियो । हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा भएको प्रदर्शनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए ।
वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल र्याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । उनीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग समेत गरेका थिए ।
देशको भविष्य कुन बाटोमा लाग्दा उचित होला भन्ने विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म १८ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ । मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले नेपालमा राजतन्त्र फर्कने सम्भावना र आवश्यकता, प्रर्दशनकारीहरुको मनसाय र उद्येश्य समेटेका छन् ।
मतदान गर्नको लागी :