बामदेव गौतमले चुनाव हारेकै होइनन् : नेकपा नेता हरी काफ्ले
नेपाल कम्युनिष्ट पार्टीले उपाधक्ष्य बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउएर पार्टीले सहि काम गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका नेता हरी काफ्ले ले पार्टी उपाधक्ष्य बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर न्याय गरेको बताउनु भएको हो । पञ्चायतकालीन राजनैतिक अवस्था देखि गणतन्त्र प्राप्ती सम्मको राजनैतिक ठूला परिवर्तनमा बामदेव गौतमको महत्वपूर्ण योगदान रहेको र गत निर्वाचनमा बर्दियाबाट प्राविधिक कारणले मात्रै चुनाव हारेको कुरा नेता काफ्ले व्यक्त गर्नु भयो ।
सरकारको कामलाई प्रभावकारी बनाउन नेता गौतमलाई मन्त्री बनाउनु पर्ने कुरा पनी उहाँले व्यक्त गर्नु भएको छ । जनताले अस्वीकृत गरेको मान्छेलाइ राष्ट्रियसभामा पठाउनु गलत भएन भन्ने पश्नको प्रतिवाद गर्दै प्रतिनिधिसभाको चुनाव हार्नुलाई नै जनताले अस्वीकृत गरेको भनेर बुझ्नु गलत रहेको विचार व्यक्त गर्नु भयो ।
हाम्रो दृष्टि संवाददाता संग कुरा गदै नेता काफ्ले राष्टिय सभा र प्रतिनिधि सभा फरक सदन भएकाले बामदेव गौतमको राष्टिय सभाको यात्रा सहि रहेको र यसलाई गलत ढंगले बुझ्न नहुने कुरा व्यक्त गनुभयो ।