गृहमन्त्री थापाको अभिव्यक्तिप्रति अभिनेत्री ऋचा शर्माको आपत्ति
काठमाडौं । पछिल्लो समय देशमा बलात्कारका घटनाहरु बढिहरेका छन् । दैनिकजसो बलात्कारका नयाँ घटना बाहिर आउने गरेका छन् भने सामाजिक संजालदेखि जताततै बलात्कारको विरोधमा आवाज उठेको देख्न सकिन्छ ।
यस्तो अवस्थामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको एक अभिव्यक्तिको आलोचना भएको छ । बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ टिप्पणी गरेका थिए ।
उनको अभिव्यक्तिलाई लिएर अभिनेत्री ऋचा शर्माले सामाजिक संजालमार्फत आक्रोश पोखेकी छन् ।
उनले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।
उनले विभिन्न नेताहरुले बलात्कारका घटनाको बिषयमा दिएको केही अभिव्यक्तिलाई समेत बुँदागत रुपमा यसरी उल्लेख गरेकी छिन्ः
१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम)
२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा)
३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।
४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’