कोरोनाको त्रासबीच काठमाडौँमा यसरी सञ्चालन हुँदैछ विद्यालय
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिननुदिन कोरोनाभाइरसको महामारी बढिरहेको छ । देशभर दैनिकरुपमा फेलापरेका संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा नै फेला परिरहेका छन् । सक्रिय संक्रमितहरु बढिरहेका बेला सरकारले पुनः लकडाउन हुनसक्ने चेतावनी पनि दिइरहेको छ ।
कोरोनाभाइरसको महामारीबाट सबै क्षेत्र प्रभावित छन् । यसबाट सबैभन्दा ठूलो मारमा विद्यार्थीहरु पनि परेका छन् । पहिलो लकडाउन शुरु भएयता उनीहरुको पाठनपाठन सहजरुपमा अघि बढ्न सकेको छैन । महामारीका कारण यो शैक्षिक सत्र नै खेर जाने त होइन भन्ने चिन्ता थपिएको छ । निजी विद्यालयले वैकल्पिक शिक्षाको रुपमा अनलाइन माध्यमबाट कक्षाहरु जसोतसो सञ्चालन गरिरहेका छन् । तर, सरकारी विद्यालयहरुमा पठनपाठन गर्ने निम्न वर्गीय विद्यार्थीहरुको भने पठनपाठन ठप्प जस्तै नै छ ।
यही विषयलाई ध्यानमा राखेर महामारीकै बीचमा विद्यार्थीको सिकाइ प्रक्रियालाई अघि बढाउन शिक्षा मन्त्रालय नयाँ निर्देशिका नै जारी गरेको छ । जसमा यो शैक्षिक सत्रलाई खेर जान नदिन पाठ्यक्रमलाई परिमार्जन गरी वैकल्पिक शिक्षाका विकल्पहरु प्रस्तुत गरिएको छ