सर्लाहीमा खेल्दै गरेकी तीन वर्षीया बालिकालाई मौरीले टोक्दा मृत्यु
सर्लाहीमा मौरीको टोकाइबाट ३ वर्षीया बालिकाको मृत्यु भएको छ।सोमबार साँझ साढे ५ बजे गौडैता नगरपालिका-९ बकैनिया बस्ने राजेश चौधरीको छोरी ३ वर्षीया साक्षी कुमारी चौधरीको मृत्यु भएको हो।
घर बाहिर खेल्ने क्रममा बालिकालाई माहुरीले शरीर, टाउको र निधारमा टोकेपछि घाइते भएकी थिइन्। त्यसपछि उनको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको थियो।
प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर कुँवरका अनुसार थप उपचारको लागि चौधरीलाई जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी कुँवरले बताए।
उनको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ।