देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनले हालसम्म संक्रमितको कुल संख्या४९,२१९पुगेकोपनजानकारीदिए।
यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ ।
मृतकको नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका गौतमले बताए । यस्तै कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।
प्रदेशगत संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन् ।
आज ९ सय १८ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा हालसम्म ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् । ५ हजार ८० जना क्वारेन्टिनमा रहेका छन् ।
साभार ः रातोपाटि