नेपालमै युवा उद्यमीले बनाए आइसियू बेड, भारतबाट पनि धमाधम अर्डर
बाँकेको कोहलपुर नगरपालिका-९ पिपिरीमा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि स्थापना भएको ५ महिनामात्रै भयो। लकडाउनकै बीचमा खोलिएको कम्पनीले पाँच महिनामा झन्डै १ करोड रुपैयाँ बराबरको कारोबार गरिसकेको छ।
वैशाख १२ गतेदेखि प्रालिले उत्पादन थालेको थियो। कारोबारमात्र होइन यो अवधिमा कम्पनीले आइएसओ गुणस्तर चिन्ह पनि पाइसकेको छ।
आइएसओ चिन्ह पाएपछि कम्पनीका अध्यक्ष २८ वर्षीय सतिस केसी मख्ख छन्।
.jpg)
यति छिट्टै यति ठूलो कारोबार गरेर अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाउने कम्पनीले खास के काम गर्छ?
अस्पतालका लागि चाहिने सामान्य बेड, आइसियू बेड, टेबुल, र्याकजस्ता फर्निचर, अंगुरबाट वाइन बनाउने, पानी प्रशोधनदेखि बोतलमा भरेर सिल गर्ने र दूध डेरीमा चाहिने प्रशोधन मेसिन कम्पनीले बनाउँदै आएको छ।
त्यस्तै जिम क्लबका लागि आवश्यक पर्ने बेञ्च प्रेस मेसिन र अरू सामग्री, रक्सी राख्ने ट्याङ्की, फोहोर व्यवस्थापनमा चाहिने उपकरण र कृषि सामग्रीसमेत कम्पनीले उत्पादन गर्छ।
उद्योगका सञ्चालक भने कतिपय मेसिनरी सामान नेपालमै पहिलो पटक आफूले उत्पादन गरिरहेको दाबी गर्छन्। यति छिट्टै यति ठूलो कारोबार गरेर अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाउने कम्पनीले खास के काम गर्छ?

अस्पतालका लागि चाहिने सामान्य बेड, आइसियू बेड, टेबुल, र्याकजस्ता फर्निचर, अंगुरबाट वाइन बनाउने, पानी प्रशोधनदेखि बोतलमा भरेर सिल गर्ने र दूध डेरीमा चाहिने प्रशोधन मेसिन कम्पनीले बनाउँदै आएको छ।
त्यस्तै जिम क्लबका लागि आवश्यक पर्ने बेञ्च प्रेस मेसिन र अरू सामग्री, रक्सी राख्ने ट्याङ्की, फोहोर व्यवस्थापनमा चाहिने उपकरण र कृषि सामग्रीसमेत कम्पनीले उत्पादन गर्छ।
उद्योगका सञ्चालक भने कतिपय मेसिनरी सामान नेपालमै पहिलो पटक आफूले उत्पादन गरिरहेको दाबी गर्छन्।
साभारः सेतोपाटि