समाचार कोभिडका बिरामीलाई रेमडिसिभिर औषधि निःशुल्क
औषधि व्यवस्था विभागले कोरोना भाइरस (कोभिड-१९) का बिरामीलाई रेमडिसिभिर औषधि निःशुल्क दिइएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमिति पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नरयाणप्रसाद ढकालले भने, ‘चिकत्सकको निगरानीमा बिरामीको इच्छामा सरकारले तोकेको अस्पतालमा रेमडिसिभिर औषधि उपलब्ध छ । यो निःशुल्क हो । खरिद गर्नुपर्दैन ।’
रेमडिसिभिर क्लिनिकल ट्रायल भएकाले केही फाइदा हुन सक्ने भन्दै प्रयोगमा ल्याइएको उनले बताए । ‘रेमडिसिभिर औषधिको अभाव कालोबजारी भयो । बिरामीले पाएनन् भन्ने सुनियो । कोभिडका लागि केही उपयोगी हुने भनेर क्लिनिकल ट्रायलका लागि ल्याइएको हो । अहिले कोभिडको औषधि भन्न मिल्दैन । उपचार गर्दा फाइदा भएकोे प्रमाणित भयो भने मात्र कोभिडको औषधि भन्ने हो,’ उनले भने ।
उनका अनुसार अनुसन्धानका लागि मात्र रेमडिसिभिर प्रयोग गरिएको हो । ‘अहिले अनुसन्धानको लागि प्रयोग गरिएको हो । औषधिको प्रयोग गर्दा समस्या भएमा भन्न सबैलाई अनुरोध गर्दछु,’ उनले भने ।
साभारः शिलापत्र