जलविद्युत कम्पनीका सेयरधनी मालामाल, किन बढिरहेछ ?
मंगलबार कारोबारमा सबै समूहको सूचकमा गिरावट आउँदा जलविद्युत समूहको सूचकको बढोत्तरी सबैभन्दा राम्रो देखियो । कारोबारमा आएका समुहमध्ये जलविद्युत समूहको सूचक २८.०५ अंकले बढेको छ ।
धेरै कमाउने टप दश कम्पनीमा ९ वटा त जलविद्युत कम्पनी नै भए । धेरै कमाउने ९ जलविद्युत कम्पनीमा हिमालय उज विकास कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो, यूनाइटेड मोदी, युनिभर्सल पावर कम्पनी,पञ्चकन्या माइ हाईड्रो, यूनियन हाईड्रो, छ्याङदी हाईड्रोपावर रहेका छन । जोशी हाईड्रोपावरको सेयरमा लगानीकर्ता आकर्षित हुँदा कारोबारमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।
जलविद्युत कम्पनीको सेयर सबैभन्दा सस्तो भएको र यसमा लगानी गर्ने लगानीकर्ताले खासै कमाउन नसक्ने विश्लेषण भइरहेका बेला एकाएका यस समूहमा उछाल आएको छ । जलविद्युतको सेयरमा लगानी गर्ने लगानीकर्ताको मनोबल बढेको देखिन्छ ।