बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरू
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि सुरु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ।
यसअघिनै दुई अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी कमिटी सदस्यहरूलाई इमेलबाट पठाइसकिएको छ।
दुबै अध्यक्षबीचमा सहमति जुटिसकेकोले आजै बैठक सक्ने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो।
साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित गरेको भन्दै ओली इतरका नेताहरू आक्रोशित बनेका थिए।
साभारः सेतोपाटी