हृवावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक
(काठमाडौं) हृवावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा हृवावेले ६१०.८ अर्ब चिनियाँ युआनको आय आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धिभएको छ । यस अवधिमा हृवावेको खुद नाफा ८.७ प्रतिशत रहृयो ।
हृवावेले आईसीटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आˆनो ध्यान केन्द्रित गर्दै संचालन क्षमता तथा गुणस्तर वृद्धिमा निरन्तर काम गर्दै आएको छ । यसकै परिणामस्वरूप सन् २०१९ को पहिलो तीन त्रैमासिकमा कम्पनीको संचालन र सांगठनिक स्थायीत्वमा वृद्धि हुनुका साथै कम्पनीको कार्यक्षमता थप मजबुतल बनाएको छ ।