जता काफल पाक्यो उतै चरी नाच्ने प्रवृत्ति मौलायो – डा. भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले नेपालमा जता काफल पाक्यो उतै चरी नाच्यो शैली मौलाएको टिप्पणी गरेका छन् । उनले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘‘यतिबेला जता काफल पाक्यो उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरु, व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पार्टी पसेर रस चुस्न होडबाजी गर्दैछन् । सपा (समाजवादी पार्टी)बाट नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षसँग अलगअलग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’’
उनको पार्टी छोडेर जाने नेताहरु तर्फ डा. भट्टराईले संकेत गरेका हुन् । फोरमसँगको एकताबाट असन्तुष्ट कल्पना धमलालगायत नेताहरु नेकपामा प्रवेश गरेका छन् ।